| Nepali |
मातृभुमि चुलो जडान उद्योग |
कर्णाली टेक्नोलोजी डिभलोप्मन्ट

परिचयः

नेपाल विश्वमा जलस्रोतको दोस्रो धनि देशको रुपमा चिनिने भएता पनि यहाँका अधिकांश जनताहरुले प्रयाप्त मात्रामा बत्ति वाल्न पाएका छैनन् भने लोड सेडिङको पीडा समेत खेप्न बाध्य भएका छन् । अझ विपन्न समुदाय र विकट ग्रामीण वस्तीका जनताहरु भने यो सेवाबाट बिात हुन पुगेका छन् । यसको मूल समस्या पानी नभई आर्थिक प्राविधिक र भौगोलिक पक्ष हो । किनकि पानी हाम्रो गाउँघरमा बेवारिसे अवस्थामा खोला खोल्सा र नदीहरुको रुपमा बगिरहेका छन् । आर्थिक स्रोतको अभावले गर्दा ठूला ठूला यन्त्र जडित पावर हाउसको निर्माण तत्काल असम्भव देखिन्छ । अर्को तर्फ हाम्रो देश नेपाल भौगोलिक विभिधताको देश भएकाले विद्युत उत्पादनको लागि उपयुक्त स्थानको पनि अभावनै छ । किनकि हाम्रा ठूला ठूला नदीहरु प्राय तराई क्षत्रमै बहिरहेका छन् । तर बिद्युत उत्पादन गर्न उपयुक्त उचांईको आवश्यकता पर्दछ । त्यस्तै हिमाली क्षेत्रमा निहित नदीहरुमा पानीको वहाव कम हुने र उपयुक्त हावा पानीको अभावले गर्दा विद्युत उत्पादन गर्न सकिएको छैन । यसरी अल्पकालमा बिद्युत आपुर्तिमा कुनै किसिमको राहात आउने स्थिति देखिदैन । तर औद्योगिकरण र आधुनिकीकरणको कारणले गर्दा विद्युतको माग तथा खपत दिन दिनै बढ्दै गईरहेको छ । यसरी विद्युत अभावले नेपालीहरुको दैनिक जीवन कष्टकर बन्दै गईरहेको छ । यहि समस्यालाई मध्यनजर राखि बैकल्पिक उर्जाको रुपमा मैले निर्माण गर्न लागेको यस यन्त्र टेबल इलेक्ट्रिक्स सिष्टम ले बिद्युत समस्यालाई पूर्ण रुपमा समाधान गर्न नसके पनि बिद्युतबाट बिाचत विकट ग्रामिण बस्तीका जनता र लोडसेडिङको मारमा परेका शहरी बस्तीका जनताहरुलाई यसले मलम पट्टिको रुपमा प्रमुख भूमिका खेल्ने छ ।

उत्पादन हुने वस्तुः

टेबल इलेक्ट्रिक्स सिष्टम

लक्ष्यः

विकट ग्रामीण बस्ती र लोडसेडिङ भएको स्थानमा विद्युत आपूर्ति गरि देशको बिद्युत संकट कम गर्ने ।

लक्ष्ति उपभोक्ता ः

सम्पूर्ण नेपाली जनता

काम गर्ने स्थानः

व्यवसाय सम्बद्र्धन कार्यक्रम

निष्र्कशः

विद्युत उत्पादन गर्न वैकल्पिक उर्जाको रुपमा निर्माण गर्न लागिएको यस यन्त्रको तयारी प्रतिवेदनले संक्षिप्त रुपमा केहि कुरा समेट्न नसके पनि छोटकरीमा यसको सिद्धान्त कार्ययोजना र प्रविधिको अवधारण प्रस्तुत गरिएको छ । साथै यस कार्यमा नेपाल सरकार व्यवसाय प्रबद्र्धन कार्यक्रम र अन्य संघ संस्थाहरुलाई सहयोग र समर्थनका लागि अपिल गर्दछु ।